दफा २५
कसूर र सजाय
(१) कसैले यस ऐनको दफा ४ को उपदफा (१), दफा १, ६, ७, द, ९, १०, ११ वा १२ विपरीत विज्ञापन गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ ।
(२) कसैले दफा ५ को उपदफा (१) वा (२) प्रतिकूल हुने गरी गरेको कसूरमा त्यस्तो कसूर गर्ने गराउनेलाई सो कसूर गरे बापत प्रचलित कानूनले कुनै सजाय हुने रहेछ भने सोही बमोजिम सजाय गर्नु पर्नेछ र सो नभएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्नु पर्नेछ ।
(३) कसैले देहायको कसूर गरेमा देहाय बमोजिम सजाय हुनेछः- (क) दफा ४ को उपदफा (१) बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई एक
लाख रुपैयाँसम्म जरिबाना,
(ख) दफा ६ बमोजिमको कसुर गर्ने गराउने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म
जरिबाना ।
(ग) ऐनको दफा ७, ८, ९, १०, ११ वा १२ बमोजिमको कसूर गर्ने गराउने
व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना ।
(४) आमसञ्चारको माध्यमबाट यस ऐन विपरीत कुनै विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण भएकोमा त्यस्तो सञ्चार माध्यमको सम्पादन सम्बन्धी कार्यभार सम्हाल्ने सम्पादकलाई सोही कारणले मात्र यस ऐन बमोजिम सजाय गरिने छैन ।
तर त्यस्तो सम्पादक नै आमसञ्चार माध्यमको सञ्चालक भएकोमा यस दफा बमोजिम सजाय गर्न बाधा पर्ने छैन ।